कुमारी बैंकको ८६ हजार कित्ता सेयर विक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ८६ हजार ३३३ कित्ता संस्थापक सेयर आज बाट विक्रीमा ल्याएको छ ।कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।
यो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं वा कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै , तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त सेयर विक्री प्रक्रिया अघि बढाइने पनि कम्पनीले बताएको छ ।













