७ श्रावण २०८३, बिहिबार

साल्ट ट्रेडिङ कर्पोरशेनको संचालकमा ७ जना निर्वाचित



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडको संचालकमा ७ जना निर्वाचित भएका छन् ।

कम्पनीको चैत १० गते शुक्रबार सम्पन्न ५६औं वार्षिक साधारण सभाले सर्वजनिक सेयरधनीको तर्फबाट ७ जना संचालक निर्वाचित गराएको हो ।

कर्पोरेशनको संचालकमा प्रदिपलाल श्रेष्ठ, नारायण दास मानन्धर, राजेन्द्रमान शेरचन, राजेश कुमार श्रेष्ठ रहेका छन् ।यस्तै, सुनिल श्रेष्ठ, ए युनिट प्रालिको तर्फबाट शंकर प्रसाद पाण्ड र अञ्जन श्रेष्ठन निर्वाचित भएका हुन् ।

कर्पोरेशनको संचालकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट डा. नारायण प्रसाद रेग्मी र साविकको नेशनल ट्रेडिङ्ग लिमिटेड हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तर्फ मोहन प्रकाश चन्द रहेका छन्।


प्रतिक्रिया दिनुहोस्