२८ श्रावण २०८३, बिहिबार

चैत २६ गतेदेखि सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ फण्ड बिक्री गर्ने



काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेड ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ फण्ड बिक्री गर्ने भएको छ । कम्पनीले चैत २६ गतेदेखि १२ करोड इकाई बिक्री खुल्ला गर्न लागेको हो ।

जसमध्ये फण्डले १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंक र ५ प्रतिशत अर्थात ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको जनाएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

जसमा १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा ल्याउन लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिन्छ ।

उक्त इकाई चैत २९ गतेसम्म आवेदन दिन सकिन छ भने सो समय भित्र सबै इकाई बिक्री नभएमा वैशाख १० गतेसम्म आवेदन खुला रहनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।