१९ श्रावण २०८३, मंगलबार

विकास खर्च वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीलाई बैंकर्स सङ्घको आग्रह



काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई नेपाल बैंकर्स संघले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन माग गरेका छन् ।

अर्थमन्त्री डा. महतसंगको भेटवार्तामा संघले पछिल्लो समयमा देखिएका चुनौतिका विषयमा जानकारी गराउँदै यस्तो माग गरेको हो । संघले सरकारी विकास खर्च बढाउन अर्थमन्त्री डा. महत सक्षम माग गरेको छ ।

सो भेटघाटमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पु¥याएको योगदान बारेमा स्मरण गराए । उनले पछिल्लो समयमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी दिँदै यस क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताए ।

अर्थमन्त्री महत सक्षम बैंकहरुले पछिल्लो दिनमहरुमा ब्याजदर घट्दै गएको समेत जानकारी गराए । ‘प्रणालीमा पुँजी नभएकाले सरकारी विकास खर्च बढाउन माग गरिएको छ । पुँजीगत खर्च बढाएर बैंकिङ्ग प्रणालीमा तरा थप्न आवश्यक रहेको छ । हामीले अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री सक्षम माग गरेका छौं ।’ नेपाल बैंकर्स संघका सदस्य तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ्गले बताए ।

संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभाव लगायतको विषयमा अवगत गराएका थिए । यसका साथै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा देखा परेका चुनौतिहरुको सहज समाधानका लागि एकजुट हुनुपर्ने बताए । अर्थतन्त्र अफ्ठयारो स्थितिमा रहेकाले यसलाई चलायमान बनाउनका लागि सबैको सहयकार्य आवश्क रहेको बताए ।

पछिल्लो समयमा देखिएका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नरसंग पनि आवश्यक छलफल भईरहेको मन्त्री महतले जानकारी गराएका थिए । उनले भने,–‘देशको अर्थतन्त्रलय अफ्ठयारो स्थिथिमा छ, बैंकिङ क्षेत्रमा पनि समस्या छ । यसमा राष्ट्र बैंकसंग पनि छलफल गरि समाधान गर्नुपर्छ । संकटमा रहेको अर्थतन्त्रलाई उकास्न र चलायमान बनाउनका लागि सबैको सहयोगको आवश्यक छ ।’