अर्थतन्त्रबारे एक्सनमा अर्थमन्त्री, छलफलमा गभर्नर अधिकारी
काठमाडौं । नवनियुत्त अर्थमन्त्री डा. प्रकाशशरण महत देशको अर्थतन्त्र लगायतको विषयमा समाधानका लागि जुटेका छन् । अर्थतन्त्रमा समस्या आउन थालेकाे सर्वत्र चिन्ता बढेपछि अर्थमन्त्रीले छलफलकाे लागी राष्ट्र बैंकका उच्च अधिकरीलाई बाेलाएका हुन् ।
अर्थमन्त्री डा. मतले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको उच्च अधिकारीसंगको छलफलमा जुटेका हुन् ।
देशको वर्तमान आर्थिक अवस्था, बैंकको ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्यवृद्धि लगायतका विषयमा छलफल भईरहेको बताइएको छ ।













