एसईई परीक्षामा सामेल भएका विद्यार्थीलाई नेपाल टेलिकमको निःशुल्क सिम
काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि निःशुल्क सिम (एसईई २०७९) अफर उपलब्ध गराउने भएको छ ।
बोनस अन रिचार्ज पनि उपलब्ध हुने छ । चैत २४ देखि यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुने छ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध हुनेछ ।
सिम नेपाल टेलिकमको देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । सिमकार्ड प्रयोगमा आउना साथ ३० दिन सम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुने छन् । विद्यार्थीसँग पहिले देखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु. १० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ ।
साथै, एक महिना सम्म जम्मा४० मिनेट अन नेट कलगर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधाप्रयोग गर्न सक्नेछन् । यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानीगर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोगगर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३०००एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।
नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रतिफोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमारु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्धहुनेछ । रिचार्जमा ६ महिना सम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिन भित्र प्रयोग गरिसक्नु पर्दछ ।













