३० श्रावण २०८३, शनिबार

शाओमीको रेड्मी १२सी अब नेपाली बजारमा



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२सी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रेड्मी १२सी मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा संचालित बजेट मैत्री स्मार्टफोन हो । यो फोनले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टता संगै सहजता प्रदान गर्दछ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने,“रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन् । जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँच योग्य बनाउन प्रेरित गर्दछ । हामीले भर्खरै सार्वजनिक गरेको रेड्मी १२सी ले नयाँ स्तर लिएको उनले बताए ।

रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ । रेडमी १२ सीको कुनै पनि भेरीएन्टको खरिदमा चैत्र २३ देखि बैशाख १७ सम्मरु ५०० छुट पाउन सकिन्छ ।

रेड्मी  रेड्मी 12 C: 3GB+32GB, 4GB+64GB, 6GB+128GB गरी तीन स्टोरेज भेरियन्ट र तीन रंग९ ग्रेफैत ग्रे, ओचिएन ब्लू, ग्रीनमा उपलब्ध छ । यो फोनको मूल्य क्रमशः रु. १३,४९९ , रु.१४,४९९ र रु.१६,९९९ रहेको छ