आजदेखि १ अर्ब २० करोडको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ फण्ड बिक्री गर्दै सिद्धार्थ क्यापिटल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आजदेखि १ अर्ब २० करोडको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ फण्ड बिक्री गर्दै सिद्धार्थ क्यापिटल



काठमाडौं । आज चैत २६ गतेदेखि सिद्धार्थ क्यापिटल लिमिटेड ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ फण्ड बिक्री गर्ने भएको छ ।

कम्पनीले १२ करोड इकाई बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये फण्डले १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंक र ५ प्रतिशत अर्थात ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको जनाएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

जसमा १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा ल्याउन लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिन्छ ।

उक्त इकाई चैत २९ गतेसम्म आवेदन दिन सकिन छ भने सो समय भित्र सबै इकाई बिक्री नभएमा वैशाख १० गतेसम्म आवेदन खुला रहनेछ ।


प्रतिक्रिया दिनुहोस्