३० श्रावण २०८३, शनिबार

सेञ्चुरी क्यापिटललाई प्राप्तिका लागि प्रभु क्यापिटलको विशेष साधारण सभा बैशाख ९ गते



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले विशेष साधारण सभा वैशाख ९ गतेका लागि बोलाएको छ । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृतका लागि काठमाडौंको कमलादीस्थित रोयल सिंगी होटेलमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

साधारण सभाले सेञ्चुरी क्यापिटललाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नुका साथै प्राप्ति प्रयोजनका लागि तय गरेको १ः१ शेयर स्वाप रेसियो समेत पारित गर्ने सभाको कार्य सूचीमा समावेश भएको छ ।

साथै सेञ्चुरी क्यापिटल प्राप्तिपछि क्यापिटलको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । प्राथमिक सेयर निष्कासन गर्ने एजेण्डा समेत रहेको छ ।