ऋण लिएपछि फिर्ता गर्दिन भन्न मिल्दैन: अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले बैंकबाट ऋण लिएपछि फिर्ता गर्दिन भन्न नमिल्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७२औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।
उनले भने, ऋण लिने र तिर्दिन भन्दै अभियान चलाउन पाइँदैन, बैङ्कबाट ऋण लिएपछि तिर्नै पर्छ । व्यवसायमा आएको मन्दीका कारण समस्या आएको भए राहत दिने र केहि सहुलियत दिन सकिने उनको भनाई रहेको छ । तर ऋण नै नतिर्ने भन्ने विषय गलत छ । यसको लागि नेपाल राष्ट्र बैंकसँग पनि छलफल भईरहेको बताएका छन् ।
मूल्य वृद्धि रोक्नको लागि नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति अबलम्बन गरेको जानकारी गराउदै सन्तुलित वित्त नीति र मौद्रिक नीतिमार्फत अगाडी बढ्ने बताएका छन् ।
व्यवसायीलार्इ परेको समस्या सम्बोधन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घसँग छलफल भइरहेको डा.महतले बताए । अन्य खर्च बढी रहेको छ त्यसलाई कम गरे सरकारले पछिल्लो समय पुँजीगत खर्च बढाउन प्रयास गर्ने उनले बताएका छन् ।
अर्थतन्त्र नकारात्मक कुराहरुले गर्दा पछाडी परेको छ अर्थमन्त्रीको तर्फबाट सकारात्मक कुराहरु लिएर आफूले सकेको पहल गर्ने बताए। पछिल्लो समय मुलुकभित्र लगानीको वातावरणमा नकारात्मक परिवेश सिर्जना भएको छ यो चिन्ताको विषय हो । साना ठूला लगानीकर्ताले गरेको लगानीमा समस्या आएको बताएका छन् ।













