३० श्रावण २०८३, शनिबार

सुरु भयो उद्योग वाणिज्य महासंघको साधारण सभा तथा महाधिवेशन, भोलि मतदान हुँदै



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ साधारणसभा तथा महाधिवेशन सुरु भएको छ ।

मंगलबार काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा महासंघका सभा तथा नेतृत्व चयनका लागि महाधिवेश सुरु भएको हो । सो सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजि क्षेत्रलाई बोलि र व्यवहार फरक–फरक देखाएको बताएका छन् ।

सरकारले निजि क्षेत्र चलायमान नगराउने हो भने देशको अर्थतन्त्र नै धरासायी हुने अध्यक्ष गोल्छाको भनाई थियो । सोही अवसरमा निजी क्षेत्रको सुधार व्यवसायी मैत्री वातावरण सिर्जना नभएको गरे । उनले विभिन्न देशमा निजि क्षेत्र आर्थिक सुधारको बारे बताउदै नेपालमा पनि उत्कृष्ट कार्य गर्ने सक्ने बताए ।

निजि क्षेत्र कुल ग्राहस्थ ८१ प्रतिशत, राजस्व संकलनमा ठूलो योगदान गरेको भन्दै उचित वातावरण र सम्मानको आवश्यक रहेको बताए ।

महासंघको आगामी अध्यक्ष भने चन्द्र ढकाल बन्दैछन् । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान छ । महासंघका भावि अध्यक्ष बन्ने गरि तीन जनाको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी परेको छ । सो पदका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र सघई र अन्जन श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।

आगामी नेतृत्वका लागि भने भोलि बुधवार मतदान हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । महासंघको निर्वाचन समितिको शनिबारको बैठकले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।