खुकुरी एक्सले ल्यायो नँया वर्ष २०८० अवसरमा नेपाली संस्कृति झल्कने खालको कार्यक्रम
काठमाडौं । खुकुरी एक्सले नँया वर्ष २०८० को अवसरमा नेपाली संस्कृति झल्कने खालको कार्यक्रम आयाोजना गर्ने भएको छ । आज मंगलबार पत्रकार सम्मेलन गर्दै यस विषयमा जानकारी दिएका छन् ।
खुकुरी एक्सको सिईओ अनिश थपलियाले भने, हामी र हाम्रो कल्चर बचाउनको लागी यसकार्यक्रम सञ्चालन गर्ने लागेको हो । नेपाली कल्चरहरु लोप नहोस र नेपाली बाजाको प्रमोट गर्नको लागी यो कार्यक्रम गर्न लागेको उनले बताए ।
आगामी चैत ३० गते बिहीबार कालभैरव नाच, लाखेनाच,दिमे बाजा, नेहा गोले जस्ता विभिन्न बाजाहरुको साथमा होटल मल्लमा साँझ ५ बजे देखि राती २ बजेसम्म कार्यक्रम हुने कुराहरुको जानकारी दिएका छन् । एक हजार रुपैयाँ देखि ३५ हजार सम्मको टिकट रहेको छ । खल्ती र टिकेट संसारबाट टिकट लिन सकिन्छ ।













