‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ फण्डमा आवेदन दिने समय थप, अब कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेड ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ फण्डमा आवेदन दिने समय थप भएको छ । अब सो योजनाको इकाईमा बैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ ।
क्यापिटलले चैत २६ गतेदेखि १२ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये फण्डले १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंक र ५ प्रतिशत अर्थात ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको जनाएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
जसमा १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा ल्याउन लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिन्छ ।













