डा. रामशरण थपलियाले पाए एसोसिएट तर्फको केन्द्रीय सदस्यमा सर्वाधिक भोट
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । यति बेला एसोसिएट तर्फ केन्द्रीय सदस्य पदको मत गणना सकिएको छ ।
निर्वाचन समितिका अनुसार १९ पदका लागि कुल २९ जनाले उम्मेदवारी दिएका थिए । अन्तिम मत परिणाम अनुसार एसोसिएट तर्फबाट सबैभन्दा धेरै भोट डा. रामशरण थपलियाले प्राप्त गरेका छन् । उनीले अन्य सदस्यभन्दा सर्वाधिक मत प्राप्त गरि एसोसिएट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनले कुल १ हजार ४४० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।












