३० श्रावण २०८३, शनिबार

वरिष्ठ उपाध्यक्षको ५ सय मत गणना, कसले कति पाए ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ । निर्वाचन समितिका अनुसार हाल ५ सय मत गणना भएको छ । बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठले १५६ मत पाएका छन् । यस्तै, अन्जन श्रेष्ठले १६१ र रामचन्द्र संघई १७७ मत प्राप्त गरेका छन् ।