३० श्रावण २०८३, शनिबार

एफएनसीसीआई निर्वाचनः वरिष्ठ उपाध्यक्षमा कति मत गणना भयो ? यस्तो छ पछिल्लो अपडेट



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षको मतगणना जारी छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ । निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार हाल ९ सय मत गणना भएको छ ।

बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । उनले ३६२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, अर्का उम्मेदवार अन्जन श्रेष्ठले २९१ मत र उमेशलाल श्रेष्ठले २३९ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्ष मत परिणाम अनुसार रोचक प्रतिस्पर्धा देखिएको छ ।