भर्खरै वरिष्ठ उपाध्यक्ष तर्फ १ हजार मत गणना, कसले कति पाए ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षको मतगणना जारी छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ । निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार हाल १ हजार मत गणना भएको छ ।
बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । उनले ३९० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, अर्का उम्मेदवार अन्जन श्रेष्ठले ३३२ मत र उमेशलाल श्रेष्ठले २६८ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्ष मत परिणाम अनुसार रोचक प्रतिस्पर्धा देखिएको छ ।













