अघि बढे संघई, यस्तो देखियो महासंघ वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षको मतगणना जारी छ । महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ ।
निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार हाल १ हजार १ सय मत गणना भएको छ । बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । उनले ४३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, अर्का उम्मेदवार अन्जन श्रेष्ठले ३५५ मत र उमेशलाल श्रेष्ठले ३०१ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्ष मत परिणाम अनुसार रोचक प्रतिस्पर्धा देखिएको छ ।













