हानाहानको स्थितिबाट सम्हालियो एफएनसीसीआई मतगणना स्थल, रोकिएको मतगणना फेरि सुरु
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतजणनामा सामान्य विवाद समाधान भएको छ ।
मत गणनामा स्थलमा मत सदर र बदरको विषयमा सामान्य विवाद भएको छ । जसका कारण मत गणना रोकिएको थियो । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठका प्रतिनिधिले मत गणना बदर मतलाई सदर भनेपछि विवाद भएको हो ।
बदर भनिएको मतलाई सदर भनेपछि विवाद समाधान भएको थियो । सो विषयलाई लिएर अन्जानको प्रतिनिधिद्वार झण्डै हानाहानको स्थितिमा पुगेको थियो ।
निर्वाचन समितिका अनुसार हाल १३ सय मत गणना भएको छ । मत परिणाम अनुसार रामचन्द्र सघंईले ४९३ मत, अन्जन श्रेष्ठले ४६२ र उमेशलाल श्रेष्ठले ३३० मत पाएका छन् ।













