वरिष्ठ उपाध्यक्ष बन्न संघईले बाटो समाएका हुन् ? यस्तो छ अन्जन र उमेशलालको मत परिणामको अपडेट
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । निर्वाचन समितिका अनुसार हाल १४ सय मत गणना भएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ । निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार हाल १४ सय मत गणना भएको छ
मत परिणाम अनुसार रामचन्द्र सघंईले ५२४ मत, अन्जन श्रेष्ठले ४८३ र उमेशलाल श्रेष्ठले ३७८ मत पाएका छन् ।
बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । उनले ४५२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।













