३० श्रावण २०८३, शनिबार

कसले पल्टाउला त वरिष्ठ उपाध्यक्षको पासा ? यस्तो छ ताजा अपडेट



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । निर्वाचन समितिका अनुसार हाल १६ सय ३० मत गणना भएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ । बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । मत परिणाम अनुसार रामचन्द्र सघंईले ६१३ मत, अन्जन श्रेष्ठल५७३ र उमेशलाल श्रेष्ठले ४२६ मत पाएका छन् ।