वरिष्ठ उपाध्यक्षका लागि जिल्ला नगरतर्फको मत गणना सुरु, कसले बढाउँला अग्रता ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ ।
महासंघ निर्वाचन समितिले वरिष्ठ उपाध्यक्ष पदमा एसोसिएट तर्फ मतगणना गरिसकेको छ । महासंघ निर्वाचन मुख्य अधिकृत लिलाणी पौडलका अनुसार हाल जिल्ला नगर तर्फको मत गणना सुरु भएको छ ।
एसोसिएट तर्फबाट १६ सय ३० मत गणना भएको छ भने ८ मत बदर भएको थियो । महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ ।
बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । मत परिणाम अनुसार रामचन्द्र सघंईले ६१३ मत, अन्जन श्रेष्ठल५७३ र उमेशलाल श्रेष्ठले ४२६ मत पाएका छन् ।













