३० श्रावण २०८३, शनिबार

जिल्ला नगरतर्फको मत गणना पनि सकियो, कसले कति पाए ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । महासंघ निर्वाचन समितिले वरिष्ठ उपाध्यक्ष पदमा एसोसिएट तर्फ मतगणना गरिसकेको छ ।

महासंघ निर्वाचन मुख्य अधिकृत लिलाणी पौडलका अनुसार हाल जिल्ला नगर तर्फको मत गणना सुरु भएको छ ।
जिल्ला नगर तर्फबाट कुल ११७ मत खसेको थियो । सोमध्ये महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र सघंईले ३९ मत, उमेशलाल श्रेष्ठले २८ र अन्जन श्रेष्ठले ४७ मत पाएका छन् ।