वस्तुगत तर्फका मतगणना पनि सकियो, को बन्ला महासंघको बरिष्ठ उपाध्यक्ष ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । महासंघ निर्वाचन समितिले वरिष्ठ उपाध्यक्ष पदमा एसोसिएट तर्फ र जिल्ला नगरतर्फको मतगणना गरिसकेको छ ।
महासंघ निर्वाचन मुख्य अधिकृत लिलामणी पौडलका अनुसार वस्तुगत तर्फको मत गणना सुरु भएको छ । वस्तुगत तर्फ कुल १२३ मत खसेको थियो ।
सोमध्ये वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले १२ मत , अन्जनले ४१ मत र उमेशलाल श्रेष्ठले ६९ मत पाएका छन् । एक मत बदर भएको छ ।













