२० श्रावण २०८३, बुधबार

वरिष्ठ उपाध्यक्षमा फेरी उमेश र अन्जनको प्रतिस्पर्धा हुने, संघई बाहिरिए



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना सकिएको छ । महासंघ बरिष्ठ उपाध्यक्ष तर्फको सम्पूण मतगणना भईसकेको हो ।

महासंघ वरिष्ठ उपाध्यक्ष पदमा एसोसिएट तर्फ र जिल्ला नगर र वस्तुगततर्फको मतगणना भईसकेको नर्वाचन मुख्य अधिकृत लिलामणी पौडलले बताए । वरिष्ठ उपाध्यक्ष पदका लागि फेरि उमेश र अन्जनको प्रतिस्पर्धा हुने भएको छ भने संघई बाहिरिएका छन् ।

उनका अनुसार बरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत पाएका छन् । थोरै प्रतिशतले मात्र उमेश दोस्रो चरणमा पुगेका हुन् ।

अब दोस्रो चरणको निर्वाचन भने दिउँसो २ बजेदेखि सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।