लोकन्थलीमा रहेको फ्यान्सी एण्ड कल्चरल सुपरमार्केटमा नयाँ वर्षको अवसरमा २० प्रतिशत छुट
काठमाडौं । लोकन्थलीमा रहेको फ्यान्सी एण्ड कल्चरल सुपरमार्केटले नयाँ वर्षको अवसरमा ग्राहकहरुलाई हरेक सामानमा २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको छ । काठमाण्डौं अनलाइन ह्यान्डिक्राफ्ट सप प्रालिद्धारा सञ्चालित फ्यान्सी एण्ड कल्चरल सुपरमार्केटले नयाँ वर्ष २०८० सालको अवसरमा ग्राहकसमक्ष छुट अफर ल्याएको छ ।
यस योजना ०८० साल वैशाख १५ गतेसम्मका लागि सार्वजनिक गरिएको सुपरमार्केटका सञ्चालक कुमार उप्रेतिले जनाकारी दिएका छन् । हालसालै संञ्चालनमा आएको सो सुपरमार्केटमा आवश्यक पर्ने सबै प्रकारको उपलब्ध रहेको सञ्चालक उप्रेतिले बताए । नेपालमा तमाम चिजहरु एकै ठाउँमा पाइने सुविधा भएको सुर्परमार्केट यो नै पहिलो भएको उनको दाबी छ ।
खासगरी विवाह, बर्तमन, पुजाआज, विभिन्न इभेन्टहरुमा चाहिने सामान देखि ए टु जेट सामानहरु, रेडिमेट फेन्सी सामान, सास्कृति झल्काउने सामानहरु, हेन्डीक्राफ्ट सामानहरु, बुटिक सामानहरु, ग्यारेन्टेट गरगहना, नेपाली मौलिक उत्पादनहरु अझै बढी प्राथमिकता दिएर राखिएको उनले बताए ।
राजनीतिक भद्रगोल, व्यवसायिक वातावरणको अभाव तथा बढ्दो मन्दीको बाबजुत “हामी जोगाउछौं कल्चर” भन्ने मूलनारा लिएर करिब ५ करोडको लगानीमा सो सुपरमार्केट सञ्चालनमा ल्याइएको उनले बताए । विगत डेढ दशकदेखि अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका देशहरुमा कल्चरल तयारी सामाग्रीहरु निर्यात गर्दै आएका सञ्चालक उप्रेतीले आफ्नै देशमा यस्ता वस्तुहरुको आवश्यकता बढेकोले सो व्यवसाय सञ्चालन गर्नु परेको वताए ।
सो कल्चरल सुपरमार्केटलाई हास्य कलाकार जीतु नेपालले गएको महिना उद्घाटन गरेका हुन् । हामीले नेपालको जातजाती, भाषा–भाषी, रहन सहन, संस्कृति, परम्पराको बस्तुहरु विक्री गरी बढ्दो व्यापार घाटालाई कम गर्न सक्छौं । निर्यात नै देशको अर्थतन्त्रको मेरुदण्ड हो उनले बताए ।













