३१ श्रावण २०८३, आइतबार

नर्भिक अस्पतालले ३०औं वार्षिकत्सबको अवसरमा विशेष छुट



काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले ३०औं वार्षिकत्सबको अवसरमा विशेष छुट दिने भएको छ । आज पत्रकार सम्मेलनमा अस्पतालको अध्यक्ष राजेन्द्र बाहादुर सिंहले ३० प्रतिशत सम्म छुट रहेको जानकारी दिएका छन् ।

लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत, आइभिएफ (फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत र म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट दिने उनले जानकारी दिएका छन् । साथै, अस्पतालले वैशाख महिनामा काठमाडौं र काठमाडौं उपत्यका भन्दा बाहिर चार ठाउँमा स्वास्थ शिविर आयोजना गर्ने सिंहले बताए ।

अस्पतालको सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि वैशाख ८ गतेसम्म ३० प्रतिशत छुट दिने भएको उनले जानकारी दिए ।

अस्पतालले हाल लिजमा लिइएको सरकारी जग्गामा सञ्चालित अक्सिजन प्लान्ट, जेनेरेटर सेवा र मुर्दाघर नवनिर्माण हुन लागेको भवनमा स्थानान्तरण गरिने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । नर्भिक अस्पतालले आफ्नो भवन एक वर्षमा निर्माण गरि सक्ने जानकारि दिएका छन् ।

देशमा गुणस्तरीय सेवा र विश्वस्तरीय स्वास्थ्य सेवा दिएको अध्यक्ष सिंहले भने । नर्भिक उच्च प्रविधि प्रयोगशाला सेवाहरू सहित (एनएबिएल) मान्यता प्राप्त नेपालको पहिलो अस्पताल रहेको अध्यक्ष सिंहले दावी गरेका छन् । उनले भने, ‘यहाँ क्याथेटराइजेशन स्याब स्थापना गर्ने देशकै पहिलो निजी क्षेत्र पनि हो । यहाँ स्तरीय इन्भेसिभ र नन इन्भेसिभ कार्डियाक सुविधा रहेकने उनले जानकारी दिए ।

यस्तै, स्वास्थ्य सेवाका लागि फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने पहिलो निजी अस्पताल नर्भिक भएको उनले बताएका छन् ।