३१ श्रावण २०८३, आइतबार

एनआईसी एशिया क्यापिटलले “स्टार्टअप लन्चप्याड” सेवा सुरु



काठमाडौं । एनआईसी एशिया क्यापिटलले करर्पोरेट एडभाईजरी सेवा अन्तर्गत स्टार्टअप लन्चप्याड सेवा प्रदान गर्ने भएको छ ।

एनआईसी एशिया क्यापिटलले विगतमा राष्ट्रिय योजना आयोगले सहुलियतपूर्ण कर्जा दिने निर्णय गर्ना साथ नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्कको करर्पोरेट एडभाईजरी सेवाअन्तर्गत स्टार्टअप लन्चप्याड नामक नयाँ सेवा संचालनमा ल्याएको थियो ।

यस क्यापिटलले २० भन्दा बढी स्टार्टअप कम्पनीहरुलाई सफलता पूर्वक उक्त सेवा प्रदान गरिसकेको व्यहोरा जानकारी गराउँदछौँ । चैत्र १६ गते बिहिबार, उद्मोग विभागले स्टार्टअप उद्ममीहरुलाई लक्षित गर्दै नेपाल सरकारले “स्टार्टअप उद्मम कर्जा कोष कार्यविधि,२०७९” जारी गरेपछि एनआईसी एशिया क्यापिटलले सोहि “स्टार्टअप लन्चप्याड” सेवालाई पुनःसुचारु गरेको कम्पनीले जानकारी दिएको छ ।

सो कार्यविधि अनुरुप कर्जा सुविधा लिन इच्छुक सबै स्टार्टअप उद्ममीहरुलाई यस एनआईसी एशिया क्यापिटलले “स्टार्टअप लन्चप्याडर्” सेवा अन्र्तगत उद्ममीले पेश गर्नु पर्ने परियोजनाको प्रस्ताव तयार गर्ने, उद्ममीको पक्षबाट पूरा गर्नुपर्ने कागजातहरुमा सहयोग गर्ने, तथा अन्य आवश्यक सम्पूर्ण परामर्श सेवाप्रदान गर्ने छ ।

कार्यविधि, कृषि तथा पशुपन्छीमा आधारित, वन (जडीबुटी, वन पैदावार) मा आधारित, पर्यटन प्रवद्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा सम्बन्धित, मानव स्वास्थ सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित, सहज र सुरक्षित यातायात तथा पारवाहन सेवासँग सम्बन्धित, पुर्वाधार निर्माण कार्यसँग सम्बन्धित, अटोमोवाइलसँग सम्बन्धित, परम्परा गत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रकृयामा सुधारसँग सम्बन्धित, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित, घरायसीवा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने, खाद्म उत्पादन तथा प्रशोधन, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सम्बन्धित कार्यहरुमा संम्लग्न स्टार्टअपहरु कर्जा सुविधाको लागी योग्य हुनेछन् ।

स्टार्टअपहरुलाई क्यापिटलले कर्जा लिनको लागि आवश्यक परामर्शको साथै परियोजनाको प्रस्ताव तयार गर्ने, उद्ममीको पक्षबाट पूरा गर्नुपर्ने कागजातहरुमा सहयोग गर्ने जनाएको हो ।

उक्त सेवा सम्बन्धी थप जानकारीको लागि प्रमुख(परामर्श सेवा, सन्दिप सूवेदी मोवाईल नं. ९८४१७५९०७१ वा इमेल ठेगाना [email protected] मा सम्र्पक गर्न सकिने छ । साथै इच्छुक स्टार्टअपहरुले https://rb.gy/ekvgn वा QR Scan गरी यो सेवाको लागी रेजिस्टर गर्न सकिने छ ।