प्रभु क्यापिटलले मातातीर्थ औंसीको अफर, लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुट
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले मातातीर्थ औंसीको अवसरमा विशेष अफर ल्याएको छ ।
आमाको अपार मायालाई सम्मान स्वरुप संचालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्कमा ५० प्रतिशत छुट दिने कम्पनीले जानकारी दिएको छ । “माया स्वरुपउपहार, मेरी प्यारी आमालाई” भन्ने नाराका साथ यो अफर वैशाख महिना सम्म संचालनमा रहने छ । यो अवधिभित्र लगानी व्यवस्थापन सेवामा आबद्ध हुने गा्रहकवर्गहरुले यस लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्कमा ५० प्रतिशत छुट पाउन सक्नुहुनेछ ।
ग्राहकले रु ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । रु ३ लाख ग्राहकले क्यास,आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइन बाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।
ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।













