नयाँ स्टक एक्सचेञ्ज लागि तीन र कमोडिटी मार्केटका लागि चार वटा कम्पनीले गराए आवेदन दर्ता
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि तीन वटा र कमोडिटी मार्केट संचालनका लागि चार वटा कम्पनीको आवेदन परेको छ ।
आवेदन दिने अन्तिम दिनसम्ममा नयाँ स्टक एक्सचेञ्जका हिमालयन स्टक एक्सेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्न्पूर्ण स्टक एक्सचेञ्ज कम्पनीले आवेदन पेश गरेका हुन् । यद्यपि, हिमालयनले भने शुक्रबार नै आवेदन दिएको थियो ।
शुक्रबार थप दुई वटाले आवेदन दिएका हुन् । बोर्डले गत चैत ३० गते नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि लाइसेन्स वितरणका लागि आवेदन माग गरेको थियो । बोर्डले १० दिनभित्र आवेदन आव्हान गरेको हो ।
बोर्डका अनुसार कमोडेटी मार्केटका लागि भने चार वटा कम्पनीको आवेदन परेको छ । बोर्डले २ कम्पनीलाई लाइसेन्स दिने गरि प्रस्ताव आह्वान गरेको थियो ।
त्यसमा आइतबार नै मल्टी डेरिभेटीभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट डेरीभेटीभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडेटी डेरीभेटीभ एक्सचेन्ज लिमिटेड र नेपाल मल्टी डेरिभेटीभ स्टक एक्चेन्ज लिमिटेड रहेका छन् ।













