यस्ता छन् केन्ट आरओको नयाँ वर्षको अफर
काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल प्रालिले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
कम्पनीले“यो नयाँ वर्ष स्वास्थ्य र शुद्धतासँग सुरुवात गर्नुहोस्”भन्ने नारा सहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा भ्याक्यूम,फ्लास्क,भेजिटेबल चपर र अरु कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत दुबई घुम्ने सुनौलो मौका पाउनु हुनेछ । यस ग्राहक योजना चैत्र ३० देखि सम्पूर्ण नेपालमा सिमित अवधिको लागि मात्र लागू गरिएको छ ।
केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि रहेको कम्पनीले जानकारी दिएको छ ।













