३१ श्रावण २०८३, आइतबार

वैशाख २४ गते नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना



काठमाडौं । वैशाख २४ गते नेपाल शेखर सम्मेलन हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा नेपाल बिजनेस इन्स्टिच्यूटको संयुक्त आयोजनामा संचालन हुने लागेको छ ।

होटल याक एण्ड यती, दरबारमार्गमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता र विशेष सम्बोधन रहने छ । सिविफिनका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न हुने उक्त सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समुहको इन्टरनेसनल फाइनान्स कर्पोरेसन –आइएफसी) का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम, वरिष्ठ उद्यमी तथा प्रतिनिधि सभाका माननीय सदस्य विनोद कुमार चौधरी, वरिष्ठ अर्थशास्त्री तथा प्रतिनिधिसभाका माननीय सदस्य डा स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी, उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्मोस, एफएनसिसिआइका पूर्व अध्यक्ष भवानी राणा, सिएनआइका पूर्व अध्यक्ष हरिभक्त शर्मा, म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बोल्ड लिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेशनका प्रबन्ध निर्देशक जोसेफ अमानस लगायत विभिन्न देशका राजदुतहरु अर्थशास्त्रीहरु, उद्यमी व्यवसायीहरु, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरुले सो कार्यक्रममा उपस्थिति रहने छ संयोजकले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा अर्थतन्त्रका वर्तमान चुनौति तथा समृद्धिको मार्गचित्र मूल विषयवस्तु रहनेछ । सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवं बैंकिङ अवस्था, चुनौती तथा समाधानका उपायहरुमा गहन विचार,विमर्श हुनेछ । हाल उद्योगी व्यवसायीहरुको मनोबल निकै घटेको, विभिन्न कारणले भागमा संकुचन आइ उत्पादन प्रभावित भएको जस्ता समस्या समाधानका विषयमा समेत सरोकारवालाहरुले विशेष प्रस्तुती हुनेछ ।

यस्तै चालु आर्थिक वर्षमा सरकारले राखेको लक्ष्य अनुसारको राजस्व संकलन नभएको, पूजीगत खर्च अपेक्षित हुन नसकिरहेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको र त्यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव जस्ता विषयहरुको पनि गम्भीर छलफल हुनेछ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीपनि उपस्थिती रहनेछ । आर्थिक, बैंकिङ एवं व्यवसायिक क्षेत्रका विभिन्न शिर्षकहरुमा गरिने व्यापक छलफल तथा बहसमा प्राप्त हुने पृष्ठपोषणहरुलाई संश्लेषण गरी आर्थिक एवं बैंकिङ सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको भावी कार्यदिशाका बारेमा बहुपयोगी भिजन डकुमेन्ट तयार गर्ने र नेपाल सरकार तथा सरोकारावाला निकायहरु समक्ष बुझाउने यस सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।