गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सीईओमा भण्डारी नियुक्त
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सीईओमा भण्डारी नियुक्त
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चिरायु भण्डारी नियुक्ति भएका छन् ।
भण्डारीलाई गार्डियन माइक्रो लाइफको सीईओ बनाउन नेपाल बीमा प्राधिकरणले स्वीकृत दिइएको हो । भण्डारीलाई कम्पनीको सञ्चालक समिति बैठकले ४ वर्षको लागी नियुक्त गर्ने निर्णय गरेको हो ।
बीमा प्राधिकरणले ७ ओटा माइक्रो इन्स्योरेन्सको लाइसेन्स वितरण गरेपछि सबै प्रक्रिया पु¥याएर गार्डियनले व्यवसाय सञ्चालनको स्वीकृति लिइसकेको छ । कम्पनीको केन्द्रीय कार्यालय विराटनगरमा रहनेछ ।
नेपाल पुनर्बीमा कम्पनीको पहिलो सीईओ बनेका भण्डारी त्यहाँ चार वर्ष काम गरेर प्राइम लाइफको डेपुटी सीईओ बनेका थिए । बीमा क्षेत्रको ४ दशक अनुभव सँगालेका भण्डारीलाई पहिलो माइक्रो इन्स्योरेन्स हाँक्ने चुनौती थपिएको छ । उनले राष्ट्रिय बीमा संस्थानमा ९ वर्ष, नेशनल लाइफमा २६ वर्ष, नेपाल पुर्नबीमा कम्पनीमा ४ वर्ष र प्राइम लाइफमा साँढे २ वर्ष काम गरेका छन् ।













