३१ श्रावण २०८३, आइतबार

वल्र्डलिंक र पब्जी मोबाइलबीच साझेदारी



काठमाडौं । वल्र्डलिंक र पब्जी मोबाइल गेमले समझौता गरेका छन् । समझदारी काठमाडौं म्यारीट होटलमा एक कार्यक्रम गरी वल्र्डलिङ्कको सीइओ केशव नेपाल र  Tencent South Asia Publishing का साहायक निमार्ता पार्थ शर्माले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जी मोबाइल नेपालभर ५० लाख भन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् । मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ वर्ल्डका सीईओ बताएका छन् ।

वल्र्डलिंक र मोबाइल गेमले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपुर्व कदमको रूपमा लिएको छ र यसले रोमान्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्न तत्पर छ । थुप्रै विशेषता एवं सुविधाहरूको साथ नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुने छ जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ।

यो वृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङ्गको जीवन्त अनुभव प्रदान गर्ने छ वल्र्डलिंकका सीईओले बताए । Tencent South Asia Publishing का सहायक निर्माताले भने, मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ । यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका प्रतिभाहरूले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् । PMGC DRS. DeadEyes Guys, Skylights Gaming र T2K जस्ता हाम्रा प्रतिभातेपब्जी मोबाइलको लागि ग्लोबल एस्पोर्ट्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता प्रदर्शन गरेका स्पष्ट रूपमा देख्न सकिन्छ । यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्दछ CR7 / 4k गेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएको छन् र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो। हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छ।

त्यसैले हामीले वल्र्डलिंकलाई एक उत्कृष्ट साझेदारको रूपमा लिएका छौ यस प्रयासले नेपालमा मोबाइल गेमिङ गर्ने हाम्रो जोश र संकल्पलाई आत्मसाथ समेत गर्दछ, यो दक्षिण एसियाकै सबैभन्दा ठूलो सफलता एवं सानो सुरुवात मात्र हो।ू साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाहक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने छ। नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा समेत गर्न सकिन्छ ।