एफएनसीसीआई : कृषि उद्यम केन्द्रको सभापतिमा बस्नेत, पौडेललाई राजश्व समितिको जिम्मेवारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र र कर तथा राजश्व समितिको सभापति चयन भएको छ ।
महासंघले कृषि उद्यम केन्द्रको सभापतिमा डिवी बस्नेत र कर तथा राजश्व सभापतिमा अम्बिका प्रसाद पौडेललाई चयन गरेको हो ।
महासंघमा जिल्लागत गतहमा बजेटर परिचालन गर्न कृषि उद्यम केन्द्र महत्वपूर्ण मानिन्छ भने उद्योगी व्यवसायीहरुको समस्या समाधान लगायतका लागि राजश्व समिति महत्वपूर्ण मानिन्छ । सोही क्रममा महासंघले बस्नेत र पौडेलाई थप छुट्टाछुट्टै जिम्मेवारीमा चयन गरेको छ ।













