३१ श्रावण २०८३, आइतबार

सामसुङले ल्यायो ग्यालेक्सी १४ बजारमा, यस्ता छन् विशेषता



काठमाडौं । ५० एमपिको ३ वटा क्यामरा र ५ एनएमप्रोसेसरसंगै सामसुङले ल्यायो M14 5G छन् बजारमा उपलब्ध रहेको छ । स्मार्टफोन ब्राण्ड सामसङले ५० एमपिको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य अरु पनि धेरै विषेशताहरु भएको ग्यालेक्सी एम १४ छन् मोबाइल बजारमा उपलब्ध गराएको छ ।

ग्यालेक्सी एमसिरिजले सदैव हाम्रा ग्राहकहरुको माया प्राप्त गर्दै आएकोे छ । यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ ५ जि मोडल प्रस्तुत गर्न पाउँदा कम्पनीले खुशि महसुस गरेको छ । यो मोडल ५० एमपिको ३ वटा क्यामरा, ५ एनएम प्रोसेसर, ६००० एमएएच ब्याट्री, र ५जि ब्याण्डलाई साथ भविष्यको लागि पनि तयार रहेको मोन्स्टर ५ जि डिभाइस हो । मोबाइलको बारेमा जानकारी दिंदै सामसङ नेपाल, मोबाइल बिजनेसका डाइरेक्टर प्रणय रत्न स्थापितले भने ।

मोन्स्टर क्लिक्स

ग्यालेक्सी एम १४ ५ जिमा ५० एमपिका ३ वटा क्यामराहरु रहेका छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सक्षम बनाउँदछ । यस्तै,यसमा सेल्फि खिच्नका लागि १३ एमपिको फ्रन्टक्यामरा जडित छ । यसैले कुनै पनि बेलाग्यालेक्सी एम १४ ५ जिको अद्भुतक्यामराले तपाईंलाई शानदार फोटोहरु दिलाउनेछ ।

मोन्स्टर पावर

यसमाभएको विशाल ६००० एमएएच ब्याट्रीले ग्यालेक्सी एम १४ ५ जिलाई “पावर मोन्स्टर”बनाइदिएको छ, जुनबिनाचार्ज २ दिनसम्मलगातार चल्न सक्छ । तपाईंले मोबाइलको ब्याट्री जीवनको कुनै परवाहनगरी घण्टौं घण्टासम्म लगातार ब्राउज एण्ड बिन्जगर्न सक्नु हुनेछ । स्मार्टफोनले २५ वाटकोतीव्र चार्जिङ्गलाई पनि सपोर्ट गर्ने भएकोले तपाईंको फोन छिट्टै चार्ज हुनसक्छ ।

मोन्स्टर पर्फरमेन्स

ग्यालेक्सी एम १४ ५ जि“पर्फरमेन्स मोन्स्टर”पनिहो, जसमाअग्रणी ५ एनएमएक्जिनस १३३० प्रोसेसर जडित छ । यो चिपसेटले प्रयोगकर्ताहरुलाई कुनै बाधाबिना बहु कार्यहरु गर्न मद्दत गर्दै उत्कृष्ट पर्फरमेन्स प्रदानगर्दछ । यसमापावर गुणदायक सिपियु संरचना छ र यसले उत्कृष्ट गेमिङ्गअनुभवकालागिसहज रथ्री डि ग्राफिक्स उपलब्ध गराउँछ । ग्यालेक्सी एम १४ ५ जिमाभएको ¥यामप्लस् विशेषताले १२ जिबिसम्म ¥यामको क्षमता बढाउन सकिन्छ ।

मोन्स्टर मनोरन्जन

ग्यालेक्सी एम १४ ५ जिमा ६.६ इन्चको एचडि प्लस, ९०हर्ज डिस्प्ले उपलब्धछ । ठूलो स्क्रिनले उपभोक्ताहरुकालागि सामाजिक सञ्जाल फिड मार्फत् स्क्रोल गर्न सजिलो बनाइदिन्छ । बिन्जदर्शकहरुले सहजताका साथआफ्नो प्रियमनोरञ्जनको मज्जालिन सक्नेछन् ।

मोन्स्टर कनेक्टिभिटी

ग्यालेक्सी एम १४ माछन् नेटवोर्क पनि सहजताको साथप्रयोग गर्न सकिने भएको ले, यो मोबाइलभविष्यको लागितयार रहेको छ । तपाईं देश बाहिर जाँदापनि यो छन् कनेक्टिभिटीको आनन्द उठाउन सक्नु हुनेछ ।

मोन्स्टर अनुभव

भ्वाइस फोकसलाई पनि समर्थन गर्दछ र यसमा तपाईंको वित्तीय एप्लिकेसनहरु, निजी आइडिहरु र अन्य गोप्य कागजातहरु स्टोर गर्नका लागि सामसङ वालेट पनि उपलब्ध छ । यसैगरी यो मोबाइल एण्ड्रोइड १३ मा आधारित वानयुआइ ५.१ कोर जडित छ । सामसङले ग्यालेक्सी एम १४ ५जिको लागि २ पुस्ता सम्म ओएस स्तरोन्नति र ४ वर्षसम्म सुरक्षा अद्यावधिक प्रदान गर्नेछ ।

मेमोरीका प्रकारहरु,मुल्य र उपलब्धता

ग्यालेक्सी एम १४ ५ जि तीन आकर्षक रंगहरूमा उपलब्ध रहेको छ । आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेल। ६प्लस १२८ जिबियुक्त ग्यालेक्सी एम १४ ५ जि २४ हजार ९ सय ९९ रुपैयाँमा मा उपलब्ध रहेको छ । छ । यो मोडल २०२३ मे ३ देखि देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ ।