३० श्रावण २०८३, शनिबार

पोको एमफाइभ सिरिजको मोबाइलमा छुट 



काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले एमफाइभ सिरिजको मोबाइलमा छुट अफर ल्याएको छ । बैसाख २१ देखि जेठ १ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ । पोको एफाइभ गेमिङको मजालिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाज्युले भने,“ग्राहकहरूले सुपथमूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रोसंग बुझेका छौं र हामी विश्वास गर्छौं कि यो अफरले उहाँहरूलाई आझै किफायती मूल्यमा हाम्रो फ्ल्यागशिप मोडेल प्रदान गर्नेछ ।”

यसमा ५० मेगापिक्सेलको प्राइमरीसेन्सर, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ पछाडि ट्रिपल क्यामेरा सेटअप पनि छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फीक्यामेरा जडान गरिएको छ ।

यसको तीन रङ कालो, हरियो र पहेँलो मा उपल्ब्ध रहेको छ । यो 4GB+64GB/ 6GB+128GBगरि दुई भेरियन्टमा उपलब्ध रहेको छ ।

4GB+64GB को मूल्य २० हजार ४ सय ९९ रुपैयाँ र छुट मूल्य १९ रुपैयाँ ९ सय ९९ रुपैयाँ रहेको छ । 6GB+128GBको वास्तविक मूल्य २३ हजार ९९९ रुपैयाँ र छुट मूल्य २२ हजार ९९९ रुपैयाँ रहेको छ ।