पोको एक्सफाइभ प्रोको लागि प्रि–बुकिङको खुल्ला
काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा पोको एक्स फाइभ प्रो फाइभ जी लन्च गरेको छ । एमोडेल स्क्रिन भएको पहिलो सिरिज हो ।
बैशाख २८ गतेबाट बजारमा उपलब्ध हुने फोन विशेष रूपमा दराजबाट लन्चहुने भएको छ । यो फोन वैशाख २२ देखि वैशाख २७ सम्म दराजमा प्रि–बुकिङको लागि खुल्ला रहेको छ । यसमिड–रेन्ज एक्स सिरिजमा ५ हजार एमएच ब्याट्री, ६७डवलु फास्ट चार्जिङ रनवीनतम प्रविधि समावेश गरिएको छ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडा ले भने, “हामीले गर्ने सबै कुरा उपभोक्ताहरूमा केन्द्रित रहेको छ । हाम्रो लक्ष्य नवीनतम प्रविधिका स्मार्टफोन उचित मूल्यमा उपलब्ध गराउनु हो। हाम्रो यही मूलदर्शन झल्काउने पोको एक्सफाइभ प्रो फाइभ जी स्मार्टफोन उद्योगमा एक वास्तविक गेम चेन्जर बन्न सक्छ । सोसल मिडिया स्क्रोलिङ र गेमहरूको लागि 120Hz फ्ल्यागशिप–स्तरको रिफ्रेस रेटको साथ नवीनतम MIUI 14 को स्टोरेज अप्टिमाइजेसन सहितयस पोको फोनमा प्रयोगकर्ताहरूले अझ बढी छरिदो पर्फर्मेन्सको मजालिन सक्छन् ।”
बजारमा निलो, कालो, र पहेंलो गरि यो पोको एक्सफाइभ प्रो फाइभ जी तीन रंगहरूमा उपलब्ध रहेको छ ।
६GB±१२८GB / ८GB±२५६GB गरि दुइवटा स्टोरेज भेरियन्टमा उपलब्ध मूल्य क्रमशः ३९ हजार ९९९ रुपैयाँ र ४२ हजार ९९९ रुपैयाँ रहेको छ । यो फोन वैशाख २२ देखि वैशाख २७ सम्म दराजमा यसको प्रि–बुकिङको लागि खुल्ला हुनेछ ।













