सिटिजन्स बैंकका ग्राहकहरुलाई अन्नपुर्ण केवलकारमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरा स्थित अन्नपुर्ण केवलकार बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरुले अन्नपुर्ण केवल कारमा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।
साथै पोखरास्थित सिटिजन्स बैंकका शाखाहरुमा नयाँ खाता खोल्नु हुने ग्राहकहरुका लागि अन्नपुर्ण केवल कारको टिकट निशुल्क उपलब्ध हुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहनगर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धीविस्तृतविवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।













