नागरिक लगानी कोषले गर्यो लाभांश घोषणाः बोनस २५ प्रतिशत, नगद कति ?
काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको बैशाख २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफा मध्येबाट कोषका सेयरधनीहरुलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत गरी जम्मा २६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश् नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृत गरी कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।














