३० श्रावण २०८३, शनिबार

सेञ्चुरीलाई प्राप्तिपछि प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु, पूँजीका हिसावले सबैभन्दा ठूलो क्यापिटल



काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्सलाई गाभेर प्रभु क्यापिटलले आज (जेठ १ गते) देखि एकीकृत कारोबार सुरु गरेको छ ।
सेञ्चुरी क्यापिटललाई प्राप्ति पश्चात् प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबार भएको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले औपचारिक रुपमा उद्घघाटन गरेका हुन् । प्रभु क्यापिटलले सेञ्चुरी क्यपिटललाई सेयर स्वाप अनुपात १:१ रेसियोमा प्राप्ति गरेको हो ।

बैशाख ९ गते छुट्टाछुट्टै विशेष साधारण सभाले प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभ्ने प्रस्ताव पारित थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाख २६ गते सेञ्चुरी क्यापिटलको चल अचल सम्पत्ति सकार्न प्रभुलाई अनुमति प्रदान गरेको थियो ।

सेञ्चुरी क्यापिटललाई गाभेपछि मर्चेन्ट बैंकमा पूँजीका हिसावले सबैभन्दा ठूलो क्यापिटल बन्नेको छ । क्यापिटलका अनुसार क्यापिटलको पूँजी १ अर्ब २० करोड रहेको छ ।