मुक्तिनाथ क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्ने अनुरोध
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता नविकरण गर्ने अनुरोध गरेको छ । मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालय मार्फत हितग्राह खाता नविकरण गर्ने भनेको हो ।
आर्थिक वर्ष २०७९।०८० सम्म खाता खोल्नु भएका सम्पूर्ण हितग्राहीले आर्थिक वर्षको वार्षिक संचालन शुल्क वापत बुझाउनु पर्ने एक सय रुपैयाँ असारभित्र बुझाउन भनेको छ ।












