३० श्रावण २०८३, शनिबार

‘निजी क्षेत्र फस्टाउन नसके अर्थतन्त्र खस्किन्छ, हामीलाई प्रोत्साहन चाहिएको हो’ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र कुल ग्राहस्थको ८१ प्रतिशत योगदान गरेको बताएका छन् । नेपालमा पहिलोपटक अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

आइएफसी र महासंघको सहकार्य सार्वजनिक गरेको देशको अर्थतन्त्रमा निजि क्षेत्रले गरेको भुमिका प्रतिवेदनमा सो क्षेत्रले ८५ प्रतिशतलाइ रोजगारी दिएको अध्यक्ष ढकालले बताए ।

अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्र फस्टाउन नसके अर्थतन्त्र खस्किने प्रष्ट भएको भन्दै प्रोत्साहनको आवश्यक रहेको उनको भनाई थियो ।

प्रतिवेदन अनुसार देशको राजस्व १६ प्रतिशत खस्किएर कर्मचारीलाइ तलब खुवाउन समेत धौधौ भएको उनले बताए । अध्यक्ष ढकालले भने, –‘२०४८ सालको उदारीकरणपछि अर्थतन्त्रको आकार र निजी क्षेत्रको विस्तार निक्कै उत्साहजनक भएको छ । उद्योग प्रतिष्ठानको संख्या यस अवधिमा २८ हजारबाट ९ लाख नाघेको छ । अर्थतन्त्रको यो तिव्र विस्तारको मुख्य आधार निजी क्षेत्र थियो ।”

उद्योग, व्यापार र निर्माण क्षेत्र त ऋणात्मक नै रहेको अध्यक्ष ढकालले बताए। जसका कारण ८ प्रतिशत अपेक्षा गरिएको आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित भएको छ । राजश्व करिब १६ प्रतिशतले घट्दा सरकारलाई चालु खर्च धान्न पनि कठिन भैरहेको छ ।

पछिल्लो केही महिना देशको अर्थतन्त्रमा सुधार देखिरहेको र नयाँ आर्थिक वर्ष देश बिस्तारै अर्थतन्त्र सबल देखिने ढकालको भनाई छ । सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन नसकेको बताए । ५० करोड भन्दा बढि लगानी भएका र सय जनाभन्दा वढिलाई रोजगारी दिने उद्योग एवं पर्यटन क्षेत्रलाई पुर्वाधार निर्माण आयकर लगायतमा सहुलियत आवश्यक छ ।

विद्यमान आर्थिक अवस्था हेर्दा अब बजेटले आर्थिक स्थायित्व, लगानी अभिवृद्धि, दिगो आर्थिक बिकासका लागि सार्वजनिक निजी साझेदारी र दक्ष जनशक्ति बिकासमा जोड दिनु अध्यक्ष ढकालले बताए। “बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्नु आवश्यक छ । त्यसका लागि ब्याजदर स्थायित्व, कर्जाको पुर्नसंरचना र पुर्नतालिकीकरण आवश्यक छ ।”

राष्ट बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामा आंशिक रुपमा समेटेको तर यत्तिले मात्रै बजार चलायमान नहुने भन्दै थप लचिलो बन्नु आवश्यक रहेको बताए।