२९ श्रावण २०८३, शुक्रबार

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्दा एक हजार रुपैयाँ क्यासब्याक



काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमईपे’ले एमबैंकमार्फत आइएमई पेवालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

सहकारी संस्थाका ग्राहकलाइ विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले एमबैंकमार्फत आइएमईपे वालेटमा पैसा लोड गर्ने ग्राहकवर्गलाई १००० रुपैयाँ क्यासब्याक दिने कम्पनीले जानकारी दिएको छ ।

सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्य शाली प्रयोगकर्ताले १००० हजार क्यासब्याक जित्न सक्नेछन् । क्यासब्याक कोरकम विजेतालाइ वालेटमा प्रदान गरिने छ। यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागु हुनेछ ।

केही समययता आइएमईपे र एमबैंक बिसहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उदेश्यका साथ यो सम्झौता भएको थियो । सो सम्झौता पत्र आइएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एमबैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका थिए ।