नेपाली स्मार्टफोन मार्केटमा प्राविधिक फड्को: रेड्मी १२सि
काठमाडौं । नेपाली स्मार्ट फोन बजारमा उपलब्ध कम मुल्यका सेटहरु मध्य रेडमी १२ सि सबैभन्दा शक्तीशाली सेट रहेको छ ।
सुरुवाती मूल्य करिब १३ हजार रुपैयाँ रहेको यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभ वप्रदान गर्दछ ।
रेड्मी १२सी को ३ जीबी +३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र १३ हजार ४९९ रहेको छ । थपस्टोरेज चाहनुहुने ग्राहकहरुको लागि ४ जीबी + ६४जीबी भेरियन्ट मात्र १४हजार ४९९ रुपैयाँ र ६ जीबी+१२८ जीबी भेरियन्ट मात्र १६ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्नेछन् । साथै ६ जीबी+१२८ जीबीको भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदानगर्दछ ।
मेडियाटेक हेलिओ जी८५प्रोसेसरद्वारा संचालितरेड्मी१२सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२सीमा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथफोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएचब्याट्रीको साथमा ठूलो ६.७१” याच डी + डिस्प्ले रहेको छ ।













