२९ श्रावण २०८३, शुक्रबार

एनआइबिएल एस क्यापिटल अब नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट स्वीचमा आबद्ध



काठमाडौं । एनआइबिएल एस क्यापिटल अब नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) कोनेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । आफ्नो भुक्तानी तथा लगानी संकलनसंग सम्बन्धी कारोबारहरुकालाई एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी तथा लगानी सँकलन गर्न सहज तथा प्रभावकारी हुने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको हो ।

यसका निम्ति एनआइबिएल एस क्यपिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात एनआइबिएल एस क्यापिटलको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट
इन्टरफेससँग जोडी विभिन्न भुक्तानी तथा लगानी सँकलन गर्ने तथा विभिन्न प्रकारका भुक्तानी सम्बन्धी
कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच डिजिटल माध्यमबाट सोझै गर्न सकिने व्यवस्था
मिलाइनेछ । एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट क्यापिटलले प्रदान गर्दै आइरहेको विभिन्न
लगानी संग सम्बन्धित सेवाहरु सहज हुनुका साथै भुक्तानी प्रणाली थप प्रभावकारी हुने भएकाले सेवाग्राहिहरुले प्रत्येक्ष लाभ लिन सक्ने विश्वास क्यापिटलले लिएको छ ।