मर्जर प्रस्ताव पारितका लागि ग्लोबल आइएमई क्यापिटले बोलायो विशेष साधारण सभा
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले विशेष साधारण सभा असार ३ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले ग्लोबल आइएमई क्यापिटलले बिओके क्यापिटल लिमिटेडसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ । बिओके क्यापिटल मार्केटको १ कित्ता सेयर बराबर ग्लोबल आइएमई क्यापिटलको ०.५३ सेयर प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।












