२८ श्रावण २०८३, बिहिबार

ज्योति क्यापिटलको संचालकमा उप्रेति



काठमाडौं । ज्योति क्यापिटलको संचालकमा अविनास उप्रेति नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीका सञ्चालक समितिको ३० औ बैठकले उप्रेतीलाई संचालकमा नियुक्ति गरको हो ।

उप्रेति ज्योति विकास बैंक बाहेकका अन्य संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएको बताइएको छ । स्नातकोत्तर तह (एमविए) को शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभवि मानिन्छ ।

नव–नियुक्त सञ्चालक उप्रेतीको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेमा यसक्यापिटल विश्वस्त रहेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । क्यापिटलले हालसम्म नेपाल सरकारलाई ३६ लाख ७५ हजार रुपैयाँ कर दाखिला गरिसकेको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।