एसबिएनले भन्यो-‘स्वस्थ प्रतिस्पर्धा गर्न चाहान्छौं, लाइसेन्स रोक्न नियामकलाई गुमराहमा पार्ने काम भएको छैन’
काठमाडौं । स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाइसेन्स सम्वन्धी ज्ञापन पत्रमा ध्यानाकर्षण गराएको छ ।
एशोसिएसनले शुक्रबार अर्थ समितिलाई सम्वोधन गरि न्यु स्टक एशोसिएसनले लगाएको आरोपमा खण्डन गरेको हो । धितोपत्र दलाल व्यवसायीहरुले पुँजी बजारका नियामक निकाय तथा बजार संचालकहरुबाट प्राप्त हुने निर्देशनलाई लत्याउँदै आउको भन्ने झुठा, आधारित, कपोक्पल्पित र अवास्तविक आरोपलाई खण्डन गरेको हो ।
यसअघि अर्थात जेठ ३० गते न्यु स्टक ब्रोकर एशोसिएसन नेपालले अर्थसमितिसंग जोडेर पुराना कम्पनीहरुलाई आरोप लगानएको थियो । एक विज्ञप्ति नै जारी गरि न्यु स्टक ब्रोकर एशोसिएसनले नयाँ ब्रोकरहरुले हाल संचालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरुले ’सिण्डिकेट र एकाधिकार बजार चाहने भन्दै आरोप लगाएको थियो । उनीहरुको विज्ञप्तिमा हाल संचालनमा रहेका धितोपत्र दलाल व्यववसायीहरुको गमराहमा परि तिनीहरुको सिण्डिकेटलाई कायम गर्न नयाँ ब्रोकर लाइसेन्स रोक्ने काम गरेको उल्लेख गरेका थिए ।
तर, हाल संचालनमा रहेका स्टक ब्रोकर एशोसिएसनले भने त्यसप्रति खेद प्रकट गरेको छ । उनीहरुले लगाएको अरोप झुठा, आधारहिन, कपोल्पल्पित र अवास्तिविक रहेको भन्दै खण्डन गरेको हो । धितोपत्रसम्बन्धी ऐन, नियम अन्तर्गत रही खुल्ला प्रतिस्पर्धाबाट पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरी ब्रोकर कम्पनीहरु सञ्चालनमा रहेको विज्ञप्तिमा भनिएको छ ।
‘उच्च प्रतिस्पर्धाबाट नै स्थापित हामी ब्रोकर कम्पनीहरु अहिले पनि एकआपसमा प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्दै आईरहेका छौं । भविष्यमा पनि स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा समग्र पूँजीबजारको अग्रपङ्तीमा रही पूँजीबजारको वृहत्तर विकासको लागी लगानीकर्ताहरुको सेवामा सदैव समर्पित रहने छौं ।’–विज्ञप्तिमा भनिएको छ ।
धितोपत्र दलाल व्यवसायीको लाईसेन्स वितरण प्रक्रियामा दलाल व्यवसायीहरुको कही कतै कुनै पनि प्रकारको भूमिका नरहने विज्ञप्ति मार्फत स्पष्ट पारेको छ । लाइसेन्स वितरण प्रक्रियामा सरोकार राख्ने सम्बन्धित सबै निकायहरुलाई गुमराहमा पार्ने कुनै पनि प्रकारको प्रयासहरु धितोपत्र दलाल व्यवसायीहरुले नगर्ने उनीहरुको दावी छ ।
निकायहरु कसैको पनि गुमराहमा पर्न सक्छन् भन्ने विश्वास पनि गर्न नसकिने बताइएको छ। धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी अर्थ समितिले निर्देशन जारी गरेको’ भन्ने जस्ता अत्यन्तै संवेदनशिल, असान्दर्भीक तथा स्तरहिन आरोपप्रति संघको गम्भिर आपत्ति रहेको एशोसिएसनले जनाएको छ । यस्ता आधारहिन झूठा आरोपहरुबाट भ्रमित नहुन सरोकारवाला सबैलाई अनुरोध समेत गरेको छ ।
धितोपत्र दलाल व्यवसायीहरु सधै स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट बजारमा गरिमालाई उच्च बनाई राख्न र नियामक निकायहरुसंगेको समन्वयमा नेपाली पुँजी बजारको वृहत्तर विकास गर्न तत्पर रहेको उनीहरुले बताएका छन् । लगानीकर्ताहरुर्ला उच्चस्तरको सेवामा सदैव समर्पित रहेकाले नयाँ ब्रोकरहरुसंग पनि सहकार्य गर्न स्टक ब्रोकर एशोसिएसन तयार रहेको बताइएको छ ।
यस्तो छ विज्ञप्ति:













