फिनटेक सेन्टरको डिजिटल बैंकिङ सम्वन्धी एकदिने कार्यशाला गोष्ठि
काठमाडौं । फिनटेक सेन्टर नेपालले एक दिने डिजिटल बैंकिङ्ग सम्वन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
सेन्टरले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीबीच आर्यन बुटिक होटल काठमाडौंमा डिजिटल बैंकिङ सम्बन्धि वर्कशप कार्यशाला गोष्ठि सम्पन्न गरेको हो ।
सो कार्यशालामा आईटी विज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट विवेक राणाले प्रशिक्षण दिएका थिए । उनले कार्यपत्र प्रस्तुतिकरण अनुसार नेपालमा डिजिटल बैंकिङमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो ।
प्रथम सत्रमा डिजिटल बैंकिङ् ड्राइभर र डिजिटल इको सिस्टम इन नेपाल सम्बन्धी प्रस्तुतिकरण, दोस्रो सत्रमा डिजिटल स्ट्राटिजिज र डिजिटल बैकिङ् सम्बन्धी परिचय तथा अवधारणा प्रस्तुतिकरण रहेको थियो ।
यस्तै, तेस्रो सत्रमा सेटिङ् अप डिजिटल बैकिङ् प्रस्तुतिकरण साथै डिजिटल बैकिङ सम्बन्धी केश स्टडिज र सहभागीहरुबाट प्रस्तुतिकरण रहेको थियो ।
डिजिटल बैंकिङ रणनीति र अवसर बारे वृहत एकदिने सो डिजिटल बैंकिङ कार्यशाला नेपालमै पहिलो पटक आयोजना भएको आयोजक तथा फिनटेक सेन्टर नेपालका अध्यक्ष मिलन राज नेपालीले बताए ।
नेपालीका अनुसार वर्कशपमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।













